गाेरखा- विगत दुई दशकदेखि सञ्चालन भइरहेको इमेज इन्स्टिच्युटले खुलेआम ठगीधन्दा चलाउने गरेको पाइएको छ । जापानी भाषा पठाउने नाममा शैक्षिक प्रमाणपत्र जफत गर्ने र फिर्ता माग्दा २० हजार भन्दा बढी लिएर मात्रै दिने गैरकानुनी प्रावधान राख्दै इस्चिच्युटले खुलेआम ठगीधन्दा चलाएको हो ।
चितवनको सहिद चाेकसहित टाडी र चनाैली, तनहुँको दमाैंलीसहित गोरखा बजारमासमेत कार्यालय रही सञ्चालन भएको इस्चिच्युटले बिद्यार्थीसंग एक पत्रमा हस्ताक्षर गराउँदै बिचैमा भाषा कक्षा छाडेमा शैक्षिक प्रमाणपत्र नै जफत गर्ने गरी ठगीधन्दा चलाएको खुलेको छ । कुनै विद्यार्थीले बिचैमा भाषा कक्षा छोडेमा शैक्षिक प्रमाणपत्र नै फिर्ता नदिने र दिनुपरे कम्तीमा पनि २० हजार भन्दा बढी दिनुपर्ने शर्त इन्स्टिच्युटले राखेकाे छ ।
शैक्षिक क्षेत्रका जानकारका अनुसार यस्तो कार्य गर्नु गैरकानुनी काम भएको दाबी गर्छन् । गोरखामा लामो समय अध्ययपन क्षेत्रमा रहेर काम गरेका एक अध्यापकले नाम नबताउने सर्तमा भने-‘पछिल्लो समय शैक्षिक प्रमाणपत्र नै धितो राखेर या कक्षा सञ्चालन गर्ने र विभिन्न बाहानमा विद्यार्थीलाई दुःख दिने नियतले पछिल्ला समय यसरी इन्स्टिच्युट सञ्चालन भएको छ ।’ उनका अनुसार पछिल्लो समय यस्ता ठगीधन्दा चलाउने नाममा क्रम मौलाएको उनको बुझाइ छ ।
नेपाल विद्यार्थी संघ र अनेरास्ववियु, गोरखाले संयुक्त एक विज्ञप्ति जारी गर्दै इन्स्टिच्युटकाे ठगीधन्दाका प्रमाण रहेको दाबी गरेकाे छ । दुई विद्यार्थी संठगनका अनुसार जापनिज भाषा कक्षा सञ्चालन गर्ने र विद्यार्थीसँग विभिन्न बहानामा पैसा असुलेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ-‘६ महिना कोषको २० हजार शुल्क लिएको उक्त इन्स्टिच्युटले विद्यार्थीहरूका सक्कल शैक्षिक प्रमाणपत्रसमेत बन्धक बनाइ गैरकानुनी रूपमा कागज गराइ उक्त शैक्षिक प्रमाणपत्रहरू फिर्ता मागेमा २० हजार सम्म असुलीको प्रमाण हामीसँग फेला पारेका छौँ । भाषा सिक्नको लागि शुल्क, भाषा परीक्षाको लागि शुल्क लिने स्वाभाविक रूपमा चल्दै आइरहेको छ। तर यसरी कानुन विपरीत विद्यार्थीका चारिचिक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रहरू बन्धक बनाइ रकम असुल्ने धन्दा तत्काल बन्द गर्ने इन्स्टिच्युटलाई हाम्रो अनुरोध गर्दछौँ ।’
विज्ञप्तिमा अझै भनिएको छ-‘गोरखा जिल्लामा सञ्चालित यस्ता सबै इन्स्टिच्युटहरू राज्यको नियम अनुसार चलेका वा नचलेकोबारे प्रभावकारी रूपमा नियमन गरी कारबाही प्रक्रिया तत्काल अघि बढाउन जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायहरूलाई अनुरोध गर्दछौँ ।’
जिल्ला प्रशासन कार्यालय गाेरखाले भने इन्स्टिच्युटलाइ हरेक बिद्यार्थीकाे पैसा र शैक्षिक प्रमाणपत्र फिर्ता दिने शर्तमा विवाद साम्य भएकाे प्रशासन स्राेतकाे दाबी छ । समाचार स्राेतका अनुसार, जिल्ला प्रशासन कार्यालयले सञ्चालकलाइ प्रकाउ गर्ने तयारी गरिरहेकाे थाहा पाएपछि सञ्चालक माेहन बुढाथाेकी रातारात गाेरखा पुगेका थिए ।
विभिन्न राजनीतिक दलकाे आडमा सञ्चालक बुढाथाेकीले सत्ता र पहुँचकै भरमा सिधा सिघा विद्यार्थीलाइ गुम्हारामा राखेर गैरकानुनी रूपमा खुलेआम ठगीधन्दा चलाइरहेका छन्। यस बिषय उनीसंग कुराकानी गर्न खाेज्दा सम्पर्कमा आउन चाहेनन्।
इन्स्टिच्युटले गाेरखामा मात्रै नभएर दमाैली, चनाैली र रत्ननगर–८ टाडीमा समेत यसरी ठगी धन्दा चलाएकाे प्रमाण पालिका लाइभले फेला पारेकाे छ। शाखा कार्यालय, गाेरखामा झै हरेक शाखामा इन्स्टिच्युटले यसरी नै खुलेआम ठगीधन्दा गरेकाे प्रमाण फेला पारिएकाे हाे। यस बिषयमा इन्स्टिच्युटका प्रतिनिधि सम्पर्कमा आएपनि थप केहि बाेल्न तयार भएनन् ।