काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपाललाई ‘धार्मिक पर्यटकीय हव’को रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपालीहरूका मौलिक सांस्कृतिक पर्वहरू जनैपूर्णिमा (ऋषितर्पणी) र गाईजात्राको अवसरमा शुभकामना मन्तव्य जारी गर्दै चौधरीले यस्तो बताएका हुन् ।
उनले शुभकामना दिँदै भनेका छन्, ‘प्राचीनकादेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमको रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको छ । हाम्रो धार्मिक, सांस्कृतिक, जाति, भाषा र पर्वहरूको विविधताले विश्व समुदायमा सभ्यता र संस्कृतिमा नेपालको वैभवशाली गौरव प्रमाणित गर्दै ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय बनेको छ । हाम्रो संस्कार र सांस्कृतिक पहिचानको प्रचारप्रसार तथा प्रवर्द्धन गर्दै नेपाललाई ‘धार्मिक पर्यटकीय हव’ को रूपमा विकास गर्नुपर्नेछ ।’