गोरखा– धार्मिक तथा पर्यटकीय महत्वको नारद पोखरी भ्रमणमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।
जनैपूणिर्माको अवसरमा नारद पोखरी भ्रमण गर्नेलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर भएको हो ।
नारद पोखरीमा हरेक वर्षको जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्दछ । ४ हजार १ सय मिटर उचाइमा रहेको नारद पोखरीमा पुगेका तीर्थयात्रीहरूलाई उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर गरी स्थानीय यूवाहरूले स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।
उच्च उचाइमा लेकबाट बच्ने उपायहरूबारे सचेतता अपनाउँदै तिर्थालुहरुलाइ सरसल्लाह समेत दिएको स्वास्थ्यकर्मी कृष्ण भट्टले बताए ।
स्वास्थ्यकर्मीहरुले नारदपोखरी आउने जाने क्रममा बाटोमा स्वास्थ्य समस्या देखिएका तीर्थयात्रीहरुको पनि उपचार गरेको थियो । शिविरमा डा. सुदन अधिकारी सहित वारपाक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच गरेका थिए ।
दुई सय आसपासमा आएका त्रितालुहरूको सहजताका स्थानीय युवाहरूको समूहले लाप्रा, रुजिग्याङ, मेर्सा, नारद पोखरीकै छेउमा गरेर चार स्थानमा सुत्ने “पोटर हाउस” बनाएको छ ।