काठमाडाैं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रतिवेदन सार्वजनिक गरेको छ ।
स्थानीय तहहरूले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो ।
मन्त्रालयले बिहीबार मात्र लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ ।
स्थानीय तहहरूको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिँदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबिच यी प्रक्रियामा प्रतिस्पर्धा गराउने काम गर्छ ।
४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरूले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरूको अंक दिने प्रक्रियाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो ।
लिजामा मधेश प्रदेशका पालिकाहरू कमजोर देखिएका छन् । महोत्तरीको सोनामा गाउँपालिका १०० अंकमा जम्मा १२.५० अंक, गढीमाई नगरपालिकाले २०.५, सवैला नगरपालिका धनुषाले २५.२५ पर्साको धोविनी गाउँपालिकाले २५.७५ अंक, सोलुको सोताङ गाउँपालिका २७.२५ अंक पाएका छन् ।
उत्कृष्ट नजिता ल्याउनेमा भने धादिङको नीलकण्ठ नगरपालिका परेको छ ।
LISA-1724409739