काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित पार्टी निकट इन्जिनियरहरूको भेलामा बोल्दै उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए।
उनले इन्जिनियर्स एशोसिएशनको निर्वाचनमा जित हासिल हुनेगरी तयारी गर्न पनि पार्टी निकट इन्जिनियरहरूलाई निर्देशन पनि दिए।
‘अहिले तपाईंहरू आपसमा मिलेर जानुस्। भरसक तपाईंहरू मिलेर जानु बेस हुन्छ। भोलिको चुनावमा नेपाली कांग्रेसमा समर्थित साथीहरूले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ। त्यसकारण साथीहरूले त्यसै अनुरुप सब एक भएर आपसमा एकतावद्ध भएर पहिला आपसमा नै सहमती गर्नुस्,’ उनले भने।
उनले भने,‘अहिले तपाईहरु आपसमा मिलेर जानुस । भरसक तपाईहरु मिलेर जानु बेस हुन्छ । भोलिको चुनावमा नेपाली काँग्रेसमा समर्थित साथीहरुले यो चुनावमा जित्नुपर्छ भन्ने हाम्रो धारणा छ । त्यसकारण साथीहरुले त्यसै अनुरुप सब एक भएर आपसमा एकतावद्ध भएर पहिला आपसमा नै सहमती गर्नुस् । सहमती हुन सकेन भने पनि स्वस्थ प्रतिस्पर्धात्मक तरिकाले मित्रवत रुपमा चुनाव गर्नुस । र भोलि आउने चुनौतिहरुमा नेपाली काँग्रेस पार्टी छ । यो डमोक्रेटिक पार्टी हो । त्यसले यो इन्जिनियर्सजस्तो संस्थाहरुमा नेपाली काँग्रेस समर्थित साथीहरु छन् । अझ बढी यसलाई बलियो बनाएर काँग्रेस समर्थितलाई ल्याएर भोलीका भविष्यको राजनीतिमा सम्पूर्ण प्राविधिक क्षेत्रमा नेपाली काँग्रेसको विजय होस् भन्ने कामना गर्न चाहन्छु । तपाईहरुले जित्नुहोस भन्ने हार्दिक कामना गर्दछु ।’
सभापति देउवाले सो निर्वाचनमा पार्टी समर्थित इन्जिनियरहरूले जित्नुपर्ने धारणा राखे। त्यसका लागि एकतावद्ध भएर सकेसम्म सहमतिमै उम्मेदवार चयन गर्न पनि सचेत गराए।
आगामी भदौ २८ गते ललितपुरमा सो निर्वाचन हुँदैछ।