महोत्तरी– बर्दिबास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन् ।
मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ ।
शनिवार बेलुका घरबाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकबाट रगत बगेको, तिघ्रामा चोटपटक र केही नीलडाम समेत देखिएको छ ।
अहिले घटनास्थलमा प्रहरीले मुचुल्काको काम गरिरहेको छ । घटनाको थप रहस्य पोस्टमार्टमपछि मात्र यकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।