गोरखा– मोडलिङ दुनियाँमा यति बेला नव कलाकारहरूको रुचि बढ्दो रूपमा रहेको छ । त्यसै गरी नव प्रवेशी कलाकार पनि प्रशस्त छन् । एकपछि अर्को गरी सुन्दर र प्रबल सम्भावना बोकेका थुप्रै नयाँ अनुहारका युवा युवती आइरहेका छन् । भने केही कलाकार केही वर्ष र केही भिडियोमा मात्र सीमित भएर हराएका पनि छन् ।
सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने र थुप्रै कार्यक्रम र प्रतियोगितामा सहभागी भएर उत्कृष्ट नतिजा देखाउँदै आएकी मोडल नायिका हुन- रुपा कँडेल, जो एक दशक भन्दा लामो समय देखि अहिलेसम्म अनवरत आफूलाई यसै क्षेत्रमा सक्रिय बनाउँदै आएकी छन् ।
उनको भविष्यको कुनै योजना र चाहाना भने छैन । भन्छिन्- हामी कसैलाई थाहा छैन भविष्यमा के हुन्छ कसो हुन्छ तसर्थ जे छ त्यसैमा रमाउन पर्ने सोच लिएर यस क्षेत्रमा लागिरहेकी मोडल कँडेल त्यसै अनुरूप मेहनत समेत गर्दैन ।मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विद्यामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेको हुन्छन् ।
देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।
यसै क्रममा मोडलिङ र फिल्म क्षेत्रलाई हाँक्न सक्ने सम्भावना सहित मोडलिङमा लागिपरेकी हुन मोडल कँडेल । पाल्पा जन्मथलो र काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी रुपाले विभिन्न स्टेज कार्यक्रमहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी छिन् ।
नृत्य र अभिनयमा पोख्त, आकर्षक सुन्दर मिलेको शरीर लुक्स र स्लिम शरीर, मृग नयनि आँखा, पिपलपाते ओठ अनि हाइटि फिगरको पनि धनी, सेक्सी एन्ड बोल्ड लुक्स नै उनी प्रतिको आकर्षण हो ।
मिजासिलो स्वभाव सकारात्मक सोचको धनी सबैसंग सजिलै घुलमिल हुन सक्ने ऊनीको विशेषता हो ।
खेल र नयाँ ठाउँ घुम्न पनि उतिकै सौखिन छिन । अहिलेसम्म तीन सय भन्दा धेरै म्युजिक भिडियोमा काम गरी सकेकी कँडेललाई धेरै नयाँ गीतमा अफर आएका थिए तर पारिवारिक कारणले समय दिन नसक्दा धेरै भिडियो छोड्नु परेको उनले बताइन ।
धेरै नयाँ काममा अफर आइरहने तर अहिले तत्काल परिवारका लागि समय दिनुपर्ने भएकाले भिडियो काम गर्न नसकिएकाे बताउँछिन् ।
प्रेम र सेक्सुअल विषयमा खुलेर बोल्ने मोडल रुपा भन्छिन्- ‘प्रेम र विश्वास बिना यो सन्सारको कल्पना सम्म गर्न सकिन्न र सेक्स प्रकृतिले दिएको एउटा सुन्दर उपहार हो यसलाई सही तरिकाले सही समय र सही व्यक्तिसँग मात्र सदुपयोग गर्न सक्नु पर्दछ ।’