बागलुङ– गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भपुेन्द्रा बुढासहित तीनजनाको निधन भएको छ।
गाडी दुर्घटना हुँदा उपाध्यक्ष बुढासहित तीन जनाको निधन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिए। ‘गाउँपालिका उपाध्यक्षको मृत्यु भएको पुष्टि भएको छ । अरुको भने सनाखत हुन बाँकी छ,’ उनले भने ।
गाडी काठमाडौंदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो।
उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि थिए । तर कोको थिए भन्ने खुलेको छैन ।
दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको उनले बताए। बागलुङको गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटनामा परेको हो।
उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्।