काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १६ गते (आइतबार) स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न सुझाव दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेर मंसिर १६ गतेको मिति तोक्न परामर्श दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।
भेटमा प्रधानमन्त्रीले प्रस्ताव अध्ययन गरी सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे।