काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो।
ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो।
जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए।