काठमाडाैं- कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।
बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे हाे ।
विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे ।
बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
उनका अनुसार, बसबारे थप विवरण आइसकेको छैन। ‘बसबारे थप विवरण खुलिसकेको छैन,’ उनले भने, ‘हामी त्यहाँ पुग्दैछौँ।’
सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि अस्पताल पठाएको जानकारी दिए । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन ।