सुर्खेत । कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन कार्यान्वयन गर्न स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
एक पत्र लेख्दै कर्णालीका ७९ वटै स्थानीय तहलाई स्थाभर्खर बनेको उक्त ऐन कार्यान्वयनमा लैजान निर्देशन दिएको हो ।
ऐन असोज २९ गते नै जारी भइसकेको छ ।
उक्त ऐनमा व्यवस्था भएका स्तर वृद्धि, सातौँ तथा पाँचौँ तह कायम गर्ने, कामकाजमा आएका कर्मचारीको पदस्थापन गर्ने, बढुवा गर्ने लगायतका व्यवस्थाको कार्यान्वयन गर्न निर्देशन गरिएको छ ।
उल्लेखित कुराहरू ऐन अन्तर्गत बन्ने नियमावलीमा रहने व्यवस्था समेतका आधारमा गर्नुपर्ने भएकाले सोही बमोजिम गर्न, गराउन समेत मुख्यमन्त्री कार्यालयले अनुरोध गरेको छ ।
याे पनि,
कर्णालीमा स्थानीय सेवा ऐन : प्रशासकीय अधिकृत प्रदेशबाटै, कर्मचारीको उमेर हद ६० वर्ष