काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन्। हिजो (सोमबार) देखि सामान्य ज्वरो आएर घरमै आराम गरिरहेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए।
‘हिजोदेखि ज्वरो आएको हो,’ उनले भने, ‘अहिले सामान्य नै छ। आराम गरिरहनुभएको छ।’
बिरामी परेपछि प्रधानमन्त्री ओलीको मंगलबारका लागि तय भएका सबै भेटघाट पनि बन्द गरिएको छ। ‘आजका सबै भेटघाट बन्द गरिएको छ,’ उनले थपे ।
उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ ।
ओली अहिले बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका छन्।