काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित प्रमुख प्रशासकीय अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आयोगको हेटौडा कार्यालयले बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस माग गरेका थिए । आयोगले उक्त रकम घुस लिइसकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको सिलसिलामा जिल्ला बारा, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग ७८ हजार घुस÷रिसवत माग गरी लिएको पुष्टि हुन भएको आयोगले जनाएको छ ।
आयोगले साह कानुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।