काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गरेको राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
आयोगका अनुसार ४४ स्थानमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरेर ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जसमा नेपाली काँग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र) सहित विभिन्न राजनीतिक दलबाट २८६ जनाले उम्मेदवारी दिँदा स्वतन्त्रबाट १२१ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।