काठमाडौं– चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट मृत्यु भएकी महिलाको पहिचान खुलेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका-६ की ४५ वर्षीया सीता प्रजा रहेकी छन् ।
सोमबार दिउँसो १ बजेतिरको समयमा चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको एन एल ०१ ए ०२८० नम्बरको भारतीय ग्यास बुलेटको ठक्करबाट घटनास्थलमै उनको मृत्यु भएको थियो ।
दुर्घटनापछि स्थानीयले आधा घण्टा बाटो अवरुद्ध पारेका थिए ।
घटना पछि स्थानीयहरू ठूलो संख्यामा भेला भई शव उठाउन नदिएपछि राजमार्ग दुबैतर्फ अवरुद्ध भएको छ। स्थानीयहरूसँग समन्वय गरी स्थिति सामान्य बनाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।
ईलाका प्रहरी कार्यालय, मुग्लिङबाट निरीक्षक भण्डारीको नेतृत्वमा ३९ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। ठक्कर दिने भारतीय ग्यास बुलेटलाई प्रहरीको निगरानीमा धादिङको मझिमटार पठाइएको प्रहरीले जनाएको छ।
ग्यास बुलेटका चालक भारत बिहारको बेगुसराय जिल्ला निवासी ६२ वर्षीय मोहम्मद मतिनलाई मुग्लिङ प्रहरीको नियन्त्रणमा राखिएको छ।शवको व्यवस्थापन र बाटो सुचारु गर्न स्थानीयसँग समन्वय जारी रहेको प्रहरीले जनाएको छ।