काठमाडौं– गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठक सकिएसँगै केहीबेर अघिदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वडा ५ को कार्यालयमा जारी मतगणना स्थललाई तारजालीले बारेर सुरक्षित गरिएको छ भने निगरानीका लागि सीसी क्यामेरा समेत जडान गरिएको छ ।
जारी मतगणनामा माओवादीले अग्रता लिएको छ।
अपडेट ९:२४
९ सय मत गणना हुँदा माओवादी केन्द्रका बिष्णुबहादुर मगरले ३२०, कांग्रेस उम्मेदवार भाई काजी आलेले २७४, एमालेकी दुर्गामाया थापा रानाले २२४ र राष्ट्रिय स्वतन्त्र पार्टीका मंगल बहादुर थापाले ४५ मत पाएका छन्। खसेकाे मध्ये १२ मत बदर भएकाे छ।
राती १० बजेसम्म मतगणना सकेर नजिता घोषणा गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिए ।
२२ सय २५ मतदाता रहेको यहाँ आज भएको मतदानमा १ हजार ३७३ मत खसेको छ। २०७९ काे स्थानीय तहकाे निर्वाचनमा याे वडा एमालेले जितेकाे थियाे ।