काठमाडौं- आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको मतगणनाको नतिजा सार्वजनिक भएको छ।
निर्वाचन आयोगले काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना जारी रहेको जनाएको छ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल अगाडि रहेका छन्। उनलाई एमालेका सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन्।
सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका देवकी तिमल्सिनाले अग्रता कायम गरेकी छन्। उनलाई कांग्रेसका सविता बुढाले पछ्याइरहेकी छन्।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रकी निम लेकी शेर्पाले अग्रता कायम गरेकी छन्। उनलाई एमालेका उमा लुङ्गेली मगर शेर्पाले पछ्याइरहेकी छन्।
यता उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आज साँझ ५ बजेदेखि सुरु भएको छ।
कहाँ को निर्वाचित ?
रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा विजयी भएका छन्। उनले कांग्रेस केशकुमारी तुलाचनलेलाई पराजित गरेका हुन्।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन्। उनले कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन।
दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन्। उनले कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन्।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने विजयी भइन्। उनले कांग्रेसका इन्द्रा चन्द (सिंह) लाई पराजित गरिन्।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन्। उनले कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गरिन्।
वडा अध्यक्षमा को-को निर्वाचित ?
काठमाडौं महानगरपालिका–१६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ
कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन
कीर्तिपुर नगरपालिका–४ मा कांग्रेसका राजेन्द्र बानियाँ
नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे
हेटौँडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री
कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही
जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही
रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन
झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह
डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव
धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ
रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक
गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादव
रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम
गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ
कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमा
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु
बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द