काठमाडौं– पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवबहादुर नेपालीविरुद्ध १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये उक्त डेढ करोड रकम नेपालीले अपचलन गरेको उल्लेख गरिएको छ ।
उनी २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष थिए ।
नेपाली बाग्लुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बाग्लुङ कारागारमै छन् ।
सूर्यदर्शन सहकारीमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।