काठमाडौं- ‘मिनी डान्सिङ स्टार’ मा गोरखाकी आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन् ।
प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ दीपशिखा इटनी ‘फस्ट रनर अप’, सिसम खतिवडा ‘सेकेन्ड रनर अप’, उज्ज्वल तामाङ ‘थर्ड रनर अप’, सुयोग भुषाल ‘फोर्थ रनर अप’, प्रनिक थापा ‘फिफ्थ रनरअप’, अनुष्का तामाङ ‘सिक्स्थ रनरअप’ र इभा गुरुङ ‘सेभेन्थ रनरअप’ भए ।
त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ साम्देन थिङले उपाधि जित्दा कास्वी पुन मगर ‘फस्ट रनर अप’, अफ्रिल राई ‘सेकेन्ड रनर अप’, रिजा अधिकारी ‘थर्ड रनर अप’, स्मारिका ढकाल ‘फोर्थ रनर अप’, आर्या खनाल ‘फिफ्थ रनर अप’ र क्रिन्जल सापकोटा ‘सिक्स्थ रनर अप’ बने ।
यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ आहाना पोखरेल विजेता हुँदा सान्भी काप्री ‘फस्ट रनर अप’ र श्रयम केसी ‘सेकेन्ड रनर अप’ भए ।
त्यस्तै ‘प्री–टीन डान्सिङ स्टार’ तर्फ सृष्टि ढकाल विजयी हुँदा साइना राई ‘फस्ट रनर अप’, जिज्ञासा शाही ठकुरी ‘सेकेन्ड रनर अप’, निरिशा बुर्लाकोटी ‘थर्ड रनर अप’, प्रसिद्धि शर्मा ‘फोर्थ रनर अप’ र साकुरा चौलागाईं ‘फिफ्थ रनर अप’ भए ।
‘एक्टिङ स्टार’ तर्फ सचिन ढकालले उपाधि जित्दा ओजश्वी पौडेल ‘फस्ट रनरअप’, प्रिजम पोखरेल ‘सेकेन्ड रनरअप’ र सोहन श्रेष्ठ ‘थर्ड रनरअप भए ।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता नन्दा बस्याल, सहरी विकास मन्त्रालयका सचिव वासुदेव खनाल र गायिका सुमित्रा निरौला निर्णायक थिए ।
परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जिआरले बालबालिकालाई ३० दिनको बन्द प्रशिक्षण सहित प्रतियोगितामा उतारिएको जानकारी दिइन् ।