काठमाडौं– काठमाडौंमा चिसो बढेको छ ।
शनिवार बिहान ६ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि शुक्रवार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । गत शुक्रवार यता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ । त्यस दिन ४ डिग्री सेल्सियस मापन भएको थियो ।
आज काठमाडौंको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।
काठमाडौंको आकाशमा बादल भएका कारण न्यूनतम तापक्रम केही बढेको हो।