काठमाडौं- नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ । त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन भएको हो ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटन सफल भएको हो ।
आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाएका थिए भने पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिएका छन ।
पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो । १३२–९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले ७ रन थाप्दा बाँकी एक विकेट गुमाउन बिबश भयो ।
पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे भने आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिएका थिए ।
पहिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा चार टोली सहभागी थिए। यी दुई विभागीय टोलीसँगै बागमती र मधेश प्रदेशले पनि प्रतिस्पर्धा गरेका थिए।
तर यसअघिको प्रधानमन्त्री कपमा भिडेकै दुई विभागीय टोली पुनः फाइनलमा पुगेका हुन्। पुलिसले लगातार उपाधि उचालेको हो।