कोशी प्रदेशकै चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटार पहाडको टुप्पोमा रहेको स्काइवाक टावर पछिल्लो समय पर्यटकको रोजाइमा छ ।
यहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्न सकिन्छ। पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडेटार बजार धनकुटा जिल्लाको दक्षिणी प्रवेशद्वार हो।
तस्विर : टार्जन लिम्बु