काठमाडौं– नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले एनआईसी एशियालाई कारबाही गरेको हो ।
एनआईसी एसिया बैंकले सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको पाइएको छ । बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाइलाई नेपाल नसिहत दिएको छ ।
राष्ट्र बैंकले जारी गरेको पुँजी पर्याप्तता ढाँचा २०१५ अनुरुप हुने गरी जोखिम भार र पुँजी कोष कायम भएको यकिन गरी सोको प्रतिवेदन बैंकलाई नियमित रूपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्य योजना बनाई लागु गर्न यस बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
स्थलगत निरीक्षणका क्रममा बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरीहरू देखिएको तथा निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरू समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा जारी निर्देशन पालना नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
काण्डै काण्डले भरिएको बैंक
नेपालमा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआइसी रहेको छ ।
यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बाहिर आउने गरेका छन् । शुरुवाती दिनमाहरु सबैभन्दा विश्वासीलो र भरपर्दो दाबी गर्ने बैंकप्रति अहिले सबैको विश्वास छुट्दै गएको पाइन्छ ।
बैंकको नारा ‘बैंक पनि साथी पनि’ भनिए पनि बैंकले ग्राहकलाई गर्ने व्यवहार भने ‘दुस्मन’को जस्तो रहेको अधिकांश व्यवसायीहरुले खुल्ला रुपमा बोल्दै आएका छन्।
बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेका छन् । त्यस्तै, एनआईसीमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासा बजारमा प्रश्वता पाइन्छ ।
बैंकले ग्राहकलाई ठग्ने मात्रै नभएर नियमनकारी निकाय राष्ट्र बैंकलाई समेत छल्ने काम गरेको भन्दै कारबाही भोग्नु परेको थियो । बैंकले प्रवाह गरेको कर्जाको स्थिति र बैंकले पेस गरेको वित्तीय विवरण फरक पठाएको थियो ।
राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित गरेको थियो ।
याे पनि,
संकटमा एनआईसी एसिया, धमाधम बेच्दै स्वामित्वको शेयर
‘बैंक पनि साथी पनि’ भन्दै साथीलाई नै लुट्दै एनआईसी एसिया बैंक
काण्डै-काण्डपछि संकटको बाटोमा एनआईसी एशिया : नाफामा उच्च गिरावट, कर्जा असुली गर्न छुट तर ‘असफल’
संकटको बाटो पछ्याउँदै एनआईसी एसिया, निफ्राबाट किन बाहिरियो?
बैंकको आतंक बढ्दै, ऋणीलाई दिनरात टर्चर दिदैं एनआइसी एसिया, राष्ट्र बैक मूकदर्शक!
धापासीको अर्बौँको जग्गा कौडीको भाउमा कब्जा गर्दै ‘एनआईसी एशिया’
संकटमा एनआइसी: ‘रिकभरी’मा समस्यापछि भाखा नाघेका ऋणीलाई भुक्तानीमा छुट
संकटको बाटो पछ्याउँदै एनआईसी एशिया, ऋण भन्दा धितो असुलेर ‘बिचल्ली बनाउन उद्यत’
संकटमा एनआईसी: ऋण उठाउन नसकेपछि गुहार्यो ‘कम्पनी रजिस्ट्रार कार्यालय’
संकटमा एनआईसी: भू-माफियाको मिलेमतोमा ऋणीको धितो बिक्री, स्थानीय आन्दोलित