काठमाडाैं– देशभरको स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा कार्यरत रहेका २३ अधिकृतहरूको जिम्मेवारी खोसिएको छ ।
संघीय , मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै देशभरका १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी बाट हटाएको हो ।
मन्त्रालयले माघ ९ मा गरेको निर्णय अनुसार पालिकामा निमित्त भएर कामकाज गर्दै आइरहेका अधिकृतहरू आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको जनाएको छ ।
पछिल्लो समयमा स्थानीय तहका प्रमुखहरूकै सिफारिसमा पालिकाम कार्यरत विभिन्न शाखाका प्रमुखहरूले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कामकाज गर्दै आएका थिए ।