काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन् ।
बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उद्घाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस वर्षभित्र आइटी क्षेत्रमा ए–आइको पोलिसीमा काम गर्ने बताए ।
उनले भने,‘आइटी क्षेत्रमा नेपाल साउथ एसियाको सबैभन्दा पछाडि परेको छ । यस वर्षभित्र आइटी क्षेत्रमा कृत्रिम बौद्धिकता एव आट्रिफिसियल इन्टेलिजेन्स(एआई)को पोलिसीमा काम गर्छौ र यस सम्बन्धी ऐन पनि बनाउँछौँ ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको विकासको लागि नलेज पार्क, आइटी पार्क, ए आइ अनुसन्धान केन्द्रको निर्माण गर्ने पनि बताए ।
उनले भने,‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचनाहरू कसरी विकास गर्ने भन्नेमा केन्द्रित हुनेछौँ । यसका लागि पूर्वाधारको तयारी गरिरहेका छौ । नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै ए आइ अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौ । यसलाई हामीले सबै प्रदेशहरूमा गर्ने छौ । यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौ ।’
मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीहरूले काम गर्न नपाएको पनि बताए ।