काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा लगानीको वातावरण निकै नै धेरै कम रहेको बताएका छन् ।
बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै उनले विदेशमा गएर पनि नेपालमा लगानी गरेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका हुन् ।
उनले भने, ‘नेपालमा लगानीको वातावरण निकै नै धरै कम छ । नीतिमैत्री वातावरण छैन । तर नेपालमै लगानी गरेर नेपाललाई समृद्ध बनाउन चाहिँ सकिन्छ ।’
साथै उनले सरकारले ल्याएको अध्यादेशलाई उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र सिआएनएनलगायतका संस्थाहरूले समर्थन गरेको बताए । उनले नेपालमा भ्रष्टाचार ठुलो रोगका रूपमा रहेको बताउँदै भ्रष्टाचार विधेयकलाई अगाडि लानुपर्ने बताए ।