काठमाडौं– प्रभु बैंकले चितवनका दुग्ध किसानलाई ऋण दिने भएको छ। बैंकले यस सम्बन्धमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग समझदारी गरेको छ।
बैंक र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघबीच प्रथम राष्ट्रिय डेरी एक्स्पोमा समझदारी भएको हो।
समझदारी पत्रमा बैंकका तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले हस्ताक्षर गरेको बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
चितवनका दुग्ध किसानहरूका लागि प्रभु बैंकको यो ऋण योजना एउटा ठूलो अवसर हो।
ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित बैंकका नेपालभर ३ सय १५ शाखा कार्यालयहरू, २ सय ८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरू छन् ।
‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।
प्रभु बैंक छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।