काठमाडौं– बारपाक-सुलिकोट गाउँपालिकाका टेकबहादुर घले २०७५ सालदेखि नेपाली सेनाका एक उच्च अधिकारीहरूको कारण पीडित भएको भन्दै माइतीघरमा अनशनमा बसेका छन्। उनी पीडा सहन गर्न नसकेर अन्ततः अनशन बस्न थालेका हुन्।
उनका अनुसार, आर्मीको मेजर निशान्त पण्डित र अन्य व्यक्तिहरूसँगको संघर्षका कारण उनको जीवन निकै कठिन रहेको बताए । मेजर पण्डितसहितका व्यक्तिहरूले उनलाई सुकुम्वासी बनाएको र त्यसको परिणामस्वरूप उनकाे घरबार उठीबास बन्नुपर्ने स्थिति आएको उनको दाबी छ। उनले भने, ‘मेरो घरबार उठिबास भयो, मलाई सुकुम्वासी बनायो। मेरो छोरा विदेश गई ऋण तिर्न सकेन, उ वहुलाहा भएको छ। यो सबैले मलाई पिडा दिएकाे छ । यत्ति मात्र होइन, मेरो परिवारले कठिनाइ झेल्दै आएको छ।’
मेजर पण्डितले उनलाई अन्यायपूर्वक आफ्नो होटल भत्काएर आफूलाई हानी नोक्सान पुर्याएको दाबी छ। उनले भने, ‘मेरो होटल भत्काइदियो, ३ वर्षसम्म केही नगरी मलाई त्यही ठाउँमा छोड्यो। पछि अर्को व्यक्ति विनोद भट्ट आयो,’ उनले भने, ‘तपाईँलाई न्याय दिन्छु, क्षतिपूर्ति मिलाइदिन्छु भन्याे, पछि उसले २५ लाख रुपैयाँ लिएको र मलाई १३ लाख ८२ हजार मात्र दिएको रहेछ, जब मैले त्यो पैसा लिन्न भने उसले मर्लास् होस् गर भन्यो।’
उनी ५४१ दिनदेखि अनशनमा रहेका छन्।
उनले राज्य र सरकारबाट न्यायको अपिल गरेका छन् र आफूलाई न्यायको हकमा पुर्याउनका लागि आन्दोलन जारी राखेको दाबी छ ।