पोखरा– बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते भएका हुन ।
भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा पानसमा बत्ती बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएको जनाइएको छ ।
अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको स्वास्थ्यमा केही असर परेको छ। अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो।