रामेछाप– मन्थली नगरपालिका जिल्लामा कार्यसम्पादन मूल्यांकनमापहिलो भएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक नतिजामा मन्थली पहिलो बनेको हो ।
प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रारम्भिक नतिजा अनुसार मन्थली नगरपालिकाले ७०.०७ अंक प्राप्त गरेको छ । जिल्लाका आठ वटा स्थानीय तह मध्ये मन्थलीले प्राप्त गरेको यो उच्च अंक हो ।
सो नतिजामा रामेछाप नगरपालिका ६०.०९ अंक प्राप्त गरी दोस्रो भएको छ । त्यस्तै सुनापति गाउँपालिका ६४.०७ अंक प्राप्त गरेर तेस्रो बनेको छ ।
सार्वजनिक गरेको नतिजा अनुसार उमाकुण्ड गाउँपालिकाले ६२ अंक प्राप्त गरेको छ । यसै गरी लिखु तामाकोसी गाउँपालिका ५८.०१ अंक प्राप्त गरेको छ । त्यस्तै गोकुलगंगा गाउँपालिका ५७.०३ अंक प्राप्त गर्दा दोरम्बा शैलुङ्ग गाउँपालिकाले ५४.०२ अंक प्राप्त गरेको छ । खाँडादेवी गाउँपालिकाले भने ४१.१ अंक प्राप्त गरेको छ ।
वित्तीय सुशासन र संस्थागत सुधारलाई थप सुदृढ गर्दै जनताको हितमा सेवा प्रदान गर्न सबै स्थानीय तहहरूलाई समान रूपमा सक्षम बनाउनु महत्त्वपूर्ण रहेको आयोगले विशेष रूपमा जोड दिएको छ।