रौतहट– गौर नगरपालिका कार्यसम्पादनमा जिल्लाभरिका पालिकामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गौर नगरपालिकाले ६१.६ अंक पाएको हो ।
आयोगले विभिन्न १७ वटा सूचकमा मूल्यांकन गर्ने गर्दछ । ती सूचकहरूको सय अंक दिने गरिन्छ । जस अनुसार गौरकाे ६१.६ अंक पाएको छ।
आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा गत माघ ३० गते सार्वजनिक गरेको थियो । कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्लाको सबैभन्दा कमजोर फतुवा बिजयपुर नगरपालिका देखिएको छ ।
फतुवा बिजयपुरले ३१.४ अंक पाएको छ । गढीमाई नगरपालिकाले ४४.०, माधवनारायण नगरपालिकाले ३६.९, देवाहीगोनाही नगरपालिकाले ३५.०, मौलापुर नगरपालिकाले ५४.४, बौधीमाइ नगरपालिकाले ३५.३, परोहा नगरपालिकाले ५२.५, राजपुर नगरपालिकाले ५६.९ अंक ल्याएको छ ।
ईशनाथ नगरपालिकाले ५९.८, गरुडा नगरपालिकाले ५७.६,चन्द्रपुर नगरपालिकाले ४१.५, गुुजरा नगरपालिका ४०.१, कटहरिया नगरपालिकाले ३४.६, वृन्दावन नगरपालिकाले ३८.३ अंक ल्याएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा उल्लेख छ ।
यसैगरी यमुनामाइ गाउँपालिकाले ४०.२, दुुर्गाभगवती गाउँपालिकाले ५४.८ र राजदेवी नगरपालिकाले ४५.५ अंक ल्याएको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
रौतहटमा १६ नगरपालिका र २ वटा गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् ।