काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाललाई धर्मनिरपेक्ष राज्य बनाउन विदेशी चलखेल भएको दाबी गरेको छ
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राप्रपा सांसद डा. धवल शम्शेर राणाले नेपालमा ९४ प्रतिशर ओमकार समुदाय रहँदा रहँदै विदेशीको आडमा धर्मनिरपेक्ष राज्य बनाइएको आरोप लगाएका हुन् ।
उनले भने, ‘म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि ९४ प्रतिशत ओमकार परिवार बस्ने राष्ट्रका नागरिकलाई चित्त बुझेको छैन । पुन यो राज्यलाई धर्मसापेक्ष नेपाल अर्थात् राजासहितको प्रजातन्त्रमा परिणत गर्नका लागि सभामा आग्रह गर्न चाहन्छौँ । जनता जागिसकेका छन् । यो कुरामा अब नेपाली जनता चुप लागेर बस्ने स्थितिमा छैन । भोलि आन्दोलन हुन्छ ।’
साथै उनले नेपाली जनता जागेको दिन यो संसद्लाई अप्ठ्यारो पर्ने हुँदा बेलामै निर्णय सच्याउन माग गरेका छन् ।
नेपालमा धर्म परिवर्तन गराउन अमेरिकाले डलर खर्च गरेको घटनामा अमेरिकी दूतावासलाई कूटनीतिक नोट पठाउन समेत माग गरे ।