काठमाडाैं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले विभिन्न निकायमा कार्यरतसहित ३९ जना नवनियुक्त उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो।
मन्त्रालयले नवनियुक्त ३९ जना उपसचिवहरूलाई स्थानीय तहमा पठाएको छ । थप ३२ जना उपसचिवहरूको सरुवा गरेको हो।
पछिल्लो समय अधिकतर उपसचिवहरू सिंहदरबार रोज्ने प्रवृत्तिका कारण धेरै स्थानीय तहहरू प्रमुख प्रशासकीय अधिकृत रिक्त रहँदै आएका छन् । ती रिक्त रहेका स्थानीय तहमा निमित्त प्रमुखकै भरमा सञ्चालन हुने परिपाटी सिर्जना हुदैं आएको छ। तर, यस पटक मन्त्रालयले स्थानीय तहहरूलाई पूर्णता दिने र प्रशासनिक व्यवस्थापनलाई सबल बनाउने लक्ष्यसहित पदस्थापन गरेको दाबी छ।
पछिल्लो समय उपसचिवहरू सिंहदरबार रोज्ने प्रवृत्तिले धेरै स्थानीय तहहरू निर्मितका रूपमा कार्यरत छन्। केही दिन अघि मन्त्रालयले १६ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत खोसेको थियो ।
उपसचिवहरूको स्थानीय तहमा पदस्थापन गर्दा भौतिक तथा प्रशासनिक सुविधा अभाव, कार्यभारको भार र स्रोत-साधनको अभावले उपसचिवहरूको लामो समयसम्म टिक्न गाह्रो हुने स्थिति आएको छ। फलस्वरूप, स्थानीय तहहरू पुनः रिक्त हुन सक्छन्।
स्थानीय तहमा स्थायित्व कायम राख्नका लागि त्यहाँको भौतिक र प्रशासनिक पूर्वाधार सुधार गर्नुपर्छ। साथै, उपसचिवहरूलाई आवश्यक सुविधा तथा प्रोत्साहन प्रदान गरेर उनीहरूको मनोबल बढाउनु जरुरी छ। यसले मात्र सरुवाको दीर्घकालीन प्रभाव देखाउन सक्छ।
मन्त्रालयको पछिल्लो निर्णयलाई सुधारको संकेतका रूपमा हेरिए पनि यो सरुवा कति समय टिक्ने हो र कति प्रभावकारी हुने हो भन्ने प्रश्न भने अझै बाँकी छ।
Notices-2025021612195884