काठमाडौं– कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायक-१०, मिलनचोकस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवामामा विशेष छुट दिनेबारे सम्झौता भएको छ ।
यस सम्झौताबमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवामा कुमारी बैंकका ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स-रे, USG तथा OPD टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकवर्गलाई आधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकको प्रतिवद्धता छ ।