काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा ११ सय रुपैयाँले बढेको हो ।
मंगलबार तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको आज तोलाको १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार १५ रुपैयाँले बढेर तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।