काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा १ लाख ७० हजार रुपैयाँ कायम भएको हो ।
फागुन ४ गते प्रति तोला १ लाख ६७ हजार ५०० रुपैयाँ रहेको सुनको भाउ त्यसयता हरेक दिन बढेर बिहिबार १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
चाँदीको भाउ शुक्रबार तोलामा ५ रुपैयाँ घटेको छ। चाँदी बिहिबार प्रति तोला एक हजार ९९५ रुपैयाँका दरले किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस २९२८.६८ र चाँदीको मूल्य प्रति औंस ३२.२ डलरमा झरेको छ।