काठमाडौं– नेपाल बैंक लिमिटेडले आफ्नो ६५औँ वार्षिक साधारण सभा आगामी चैत ६ गतेका लागि आह्वान गरेको छ।
सभा बिहान १०:३० बजे एपीएफ क्लब, हलचोकमा आयोजना हुनेछ। वार्षिक साधारण सभाका लागि बैंकले फागुन २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोही अवधिसम्बन्धी वित्तीय विवरण अनुमोदन गर्ने प्रस्ताव रहेको छ।
कम्पनी ऐन, २०६३ र बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अनुसार आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने विषयमा निर्णय गरिनेछ।
बैंकको नियमावलीअनुसार सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची पनि सभामा समावेश गरिने बैंकले जनाएकाे छ ।