झापा- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूँजीपतिहरूसँग घुस खाएर यो सरकार बनेको दाबी गरेका छन् ।
झापाबाट तराई मधेश जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर यो सरकार बनाएको बताए ।
‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पूँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’ प्रचण्डले भने, ‘पूँजीपतिहरूको घुस खाएर बनेको सरकार हो यो
प्रचण्डले अहिले सबैतिरबाट अहिले आफूलाई सरकारमा नजान सुझाव आएकाले अहिले सरकारतिर नभइ ध्यान जनतासँगै भएको बताएका छन्।
उनले थपे, ‘हामी एक्लै चुनाव लड्न सक्दैन भनेर प्रचार गरियो। हामीले सहकार्य गरेर ठूलो त भएनौं। कांग्रेससँग सहकार्य गरेर पनि माओवादी ठूलो त भएन। एमालेसँग सहकार्य गर्दा पनि ठूलो भएन। बरु हामीले जोसँग सहकार्य गर्यो त्यही पार्टी ठूलो भयो। हामी जतिबेला हामी तिनीहरुसँग सहकार्यमा नहुँदा हामी ठूलो थियौं। त्यसैले हामीले संकल्प गर्यौं हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं।’
उनले स्थानीय तहको उपनिर्वाचनमा माओवादी पहिलो भएको दाबी गरे। उनले कांग्रेस र एमाले मिलिरहे माओवादी ठूलो पार्टी बन्ने बताए।